Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

घर, कार्यालय र विजनेस हाउसहरुको सजावटकालागि दर्शन बायो टेक नर्सरी सञ्चालनमा [भिडिओ सहित]


घर, कार्यालय र  विजनेस हाउसहरुको सजावटकालागि दर्शन बायो टेक नर्सरी सञ्चालनमा [भिडिओ सहित]

काठमाडौं । चन्द्रागिरि नगरपालिका ९ स्थित मच्छेगाउँमा दर्शन बायो टेक नर्सरी सञ्चालनमा आएको छ । मोविल्याण्ड ग्रुप अफ कम्पनीले नेपालमै विभिन्न प्रजातिका बोट–विरुवा उत्पादन गर्दै संघीय राजधानी काठमाडौंमा दर्शन बायो टेक नर्सरीले सञ्चालनमा ल्याएको हो । ग्रुपका अध्यक्ष दिनेस दर्शनधारीले नर्सरी नेपालकै नमुना हुने बताए । उनले विदेशबाट महंगोमा आयत गर्ने परम्पराको अन्त्य गर्न नेपालमै बिरुवा उत्पादन तथा वितरणको सुरुवात गरिएको बताए ।

मुख्यगरि बारा र मोरङमा विरुवा उत्पादन गर्दै आएको सो समुहले काठमाडौंको चन्द्रागिरीमा उत्पादन र विक्रिकेन्द्र दुबै सञ्चालनमा ल्याएको हो । नर्सरीमा घर, कार्यालय तथा विजनेस हाउसहरुको सजावटकालागि उपयुक्त सबै जसो प्लान्टहरु उपलव्ध हुने नर्सरीका निर्देशक आर. डि दर्शनधारीको भनाई छ । यहाँको बोट–विरुवाको गुणस्तरलाई मात्र नभई राम्रो सेवासुविधा, डेलिभरी र सेटअप गरिदिने प्रक्रियालाई हेरेर पनि ग्राहकहरु बढिरहेको पाईएको नर्सरीका निर्देशक दर्शनधारीको भनाई छ ।

अहिले हरेकले आफ्नो घर, अफिस तथा कार्यलयहरुमा सजावटका फुलहरु राख्ने चलन छ । तर, प्राकृतिक सौन्दर्यले भरिएका विभिन्न प्रजातिका विरुवा नेपालमा उत्पादन नहुने भएकाले विदेशबाट आयत गर्ने गरियो छ । अब त्यसको अत्य हुने कम्पनीको दावी छ ।

विक्री केन्द्रबाट अहिले थोक तथा फुटकरमा विरुवा विक्रि वितरण भइरहेका छन् । नेपालमै उत्पादन हुने भएकाले अन्यभन्दा थोरै मुल्यमा विरुवा घरमै उपलव्ध हुने व्यवस्था पनि गरिएको छ । त्यस्तै, आवश्यक दक्ष प्राविधिकहरुको व्यवस्था भएकाले नर्सरीबाट उत्पादित विरुवा खरिद गर्ने घर, कार्यालय, विजनेस हाउसहरुमा प्राविधिक सहयोग रहने प्रा.लिले जनाएको छ ।