Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थमन्त्रालयमा पुनः फर्किएका अर्थसचिव कृष्णहरि पुष्कर मिडियाका हेडलाइन,यस्तो छ उनिको विवादास्पद छवि !


अर्थमन्त्रालयमा पुनः फर्किएका अर्थसचिव कृष्णहरि पुष्कर मिडियाका हेडलाइन,यस्तो छ उनिको विवादास्पद छवि !

काठमाडौं । अर्थमन्त्रालयको अर्थसचिवमा कृष्णहरि पुष्कर सरुवा भएपछि हरेक मिडियाका हेडलाइन बनाइएको छ । यसअघि सोहि मन्त्रालयमा रहेका उनी करको दरहेरफेरको विषय बाहिरिएपछि उनको सरुवा गरिएको थियो । उसो त, यसअघि उनको विगत निको छैन । उनका क्रियाकलापका विषयमा अधिकांस सञ्चारसंस्थाले समाचार बनाएका छन् ।  शुक्रबारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव अर्जुन पोखरेललाई हटाएर पुष्करलाई पठाउने निर्णय गरेपछि अहिले उनि मिडियाको हेडलाइन बनेका हुन ।

अर्थसचिव पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।  सरकार गठन भएको नौ महिनामा अर्थ मन्त्रालयमा तीन जना सचिव फेरिएका छन् । अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा राजश्व दर हेरफेर विषयमा विवादित भएपछि २०७९ साउनमा तत्कालीन अर्थसचिव मधु मरासिनीलाई हटाएर पुष्करलाई सचिव बनाइएको थियो । पुष्कर त्यतिबेला अर्थमा राजश्व सचिव थिए । एमाले सहभागी सरकार बनेपछि अर्थमन्त्री विष्णु पौडेलले पुष्कर हटाएर गत पुसमा तोयम रायलाई सचिव बनाएका थिए ।

रायले अर्थसचिवको रुपमा चार महिना मात्र काम गर्ने अवसर पाए । प्रकाशशरण महत अर्थमन्त्री भएपछि राय हटाएर पोखरेललाई गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको  थियो । उनी चार महिना १० दिन अर्थसचिव भएका छन् ।

अर्थमा जिम्मेवारी पाउनुअघि पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । पुष्कर भने हाल बेलायत भ्रमणमा छन् । पुष्करलाई गत भदौको पहिलो साता संघीय मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो । पुस्ष्करलाई सरुवा गरेर संघीय मन्त्रालयको सचिवमा विनोद सिंहलाई पठाइएको थियो । पुष्कर संघीय मन्त्रालयमा पाँच महिना सचिव भए ।

पुस्करको विवादित विगत
अर्थमन्त्री जनार्दन शर्मामाथि अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरेको आरोप लाग्दा मधुकुमार मरासिनी र अर्थसचिव र कृष्णहरि पुस्कर राजश्व सचिव थिए । यो विवाद उत्कृर्षमा पुगेपछि मरासिनी  २२ असार  २०७९ मा विदा बसे भने शर्माले राजीनामा दिए । पुस्कर राजश्व सचिवमा रहिरहे । मन्त्रीको राजीनामापछि मन्त्रालय फर्किएका अर्थ सचिव मरासिनी, अर्थमा शर्मा फर्किएपछि फेरि विदा बसे । सचिव मरासिनीलो शर्माको मातहतमा बसेर काम गर्न नचाहेपछि सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

त्यसयता पुस्कर अर्थ सचिव बन्ने दौडमा थिए । १९ साउनको मन्त्रिपरिषद् बैठकले उनलार्य तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी पनि थपिदिएको थियो । अधिकारीहरुका अनुसार त्यसबेलासम्म उनलाई अर्थ सचिव बनाउने प्रधानमन्त्रीको योजना थिए । सचिवहरु बैकुण्ठ अर्याल, केबलप्रसाद भण्डारी र अर्जुनकुमार पोखरेल पनि दाबेदारका रुपमा थिए । तर शक्ति केन्द्र रिझाउने सिपालु र मन्त्रीका लागि सजिला सचिव पुस्करले अर्थमन्त्री शर्मालाई हातमा लिए ।

उनकै जोडबलमा हालसालै सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पोष्टिङ भएका रामेश्वर दंगाललाई राजस्व सचिवमा ल्याइएको छ । पुस्कर आफू चाहिँ अर्थसचिव बन्न सफल भएका छन् । २४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका पुस्कर डेढ महिनामै उनी अर्थ मन्त्रालयमा भित्रिएका थिए । शक्ति केन्द्र रिझाएर लगातार छलाङ हान्दै आएका उनले राजश्व सचिव भएको एक वर्ष पुग्दा नपुग्दै अर्थ सचिव बनेका छन् ।

प्रशासन समूहका उनी उपसचिव हुँदादेखि विवादमा पर्ने गरेका थिए । तत्कालीन श्रम तथा यातायातमन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए । त्यसपछि उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा पनि काम गरे, तर जहाँ-जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैं विवादमा मुछिए । मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका उनले १३ मंसिर २०७२ मा उनले विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई बोलाएर धम्क्याएका थिए । सरकारी अधिकारीलाई अपशब्द बोल्नेदेखि डा. गोविन्द केसीलाई ‘पागल’ भन्दै विज्ञप्ति निकालेपछि उनको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो । लोकमानसिंह कार्कीकै दबावमा १७ साउन २०७३ मा दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर बनेका उनी अहिले अर्थ मन्त्रालयको सचिव बनेका छन् । एक पूर्व सचिव भन्छन्, ‘लामो हात गर्नेलाई ढुकटीको चाबी नै दिए के होला ? यही हुन्छ पो भन्न सकिन्न, तर जे पनि हुनसक्छ भन्न त सकिन्छ !’

अनायासै अर्थ यात्रा

सरकारले ११ भदौ २०७८ मा कृष्णहरि पुष्करलाई राजस्व सचिव नियुक्त गरेको थियो । रोचक के भने उनी २४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका थिए । त्यसको डेढ महिनामै उनी अर्थ मन्त्रालयमा भित्रिए । प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका पुष्कर सचिव पदमा अनुभव विनै देशको ‘ढुकुटी भर्ने’ जिम्मेवारीमा पुगेका थिए ।

त्यसअघि उनले अर्थ मन्त्रालय अन्तर्गतका कुनै निकायमा काम गरेका थिएनन् । अनुभव नै नभएको क्षेत्रको नेतृत्वमा आएकाले उनी अहिले पनि अर्थ मन्त्रालयका प्राविधिक विषयहरूमा अलमलमै देखिने गरेको अर्थका अधिकारीहरू बताउँछन् । सुरुमा पुष्कर महेश्वर न्यौपानेलाई सरुवा गराएर गृह सचिव बन्ने कसरतमा थिए । त्यो सम्भव नभएपछि उनले राजस्वमा पस्ने लबिइङ गरे । त्यसका लागि उनले नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रायः सबै नेतामार्फत दबाव बढाएर राजस्व सचिव बन्न चाहने अर्थका ‘क्याडर’हरूलाई पछाडि पारिदिए । निकै आकर्षक मानिने राजस्व सचिव बन्दा उनले आफूभन्दा वरिष्ठ सचिवहरूलाई समेत पाखा लगाए । सचिव भएपछि संघ अघि प्रदेशमा गएर काम गरेको अनुभव बटुल्नुपर्ने प्रचलन पनि पुष्करले मान्नु परेन ।

सरकारले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर संशोधन गर्ने गृहकार्य गरिरहँदा नाटकीय रूपमा भएको पुष्करको ‘इन्ट्री’लाई अर्थ मन्त्रालयभित्र कसैले खुलेर स्वागत गर्न सकेका थिएनन् । अर्थ र राजस्व प्रशासनको आधारभूत अनुभव समेत नभएका पुष्करको काँधमा मन्त्रालय छिर्दाछिर्दै बजेट संशोधन र राजस्वसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू परेको थियो ।

 

विवादास्पद छवि

बढी विवादास्पद सचिवको सूची बनाउने हो भने कृष्णहरि पुष्कर अग्रस्थानमा पर्छन् । प्रशासन समूहका उनी उपसचिव हुँदादेखि नै विवादको भुमरीमा थिए । तत्कालीन श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए ।

त्यसपछि उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा पनि काम गरे, तर जहाँ-जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैं विवादमा मुछिए । मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि त झन् उनको कार्यशैलीले धेरैलाई प्रताडित नै बनायो । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका पुष्करले अख्तियारमा बसेर देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो ।

१३ मंसिर २०७२ मा उनले विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई अख्तियारमा बोलाएर धम्क्याएका थिए । नाकाबन्दीले ग्रसित भएको बेला आपूर्ति व्यवस्था प्रभावकारी बनाउन भन्दै उनले पत्रकारहरूकै अगाडि वरिष्ठ सहसचिवहरूलाई अपमानजनक ढंगले निर्देशन दिएका थिए । भूकम्पपछि त्रिपाल किन्दा भएको घोटालाको प्रशंग निकाल्दै तत्कालीन सहसचिवहरू यादव कोइराला, एकनारायण अर्याल लगायतको उपस्थितिमा भएको बैठकमा उनले  ‘नरपिचास’ शब्द प्रयोग गर्दै काम गर्न नसक्ने कर्मचारीलाई पद छाड्न चेतावनी दिएका थिए ।

सचिव र कुनै आयुक्त उपस्थित नरहेको कार्यक्रममा उनले निर्देशन मात्र नभई भनेअनुसार काम नभए कारबाही गर्ने चेतावनी पनि दिएका थिए । तेल वितरणमा अनियमितता र जग्गा घोटालामा तानिएका आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई बचाउन पुष्करले अख्तियारमा बसेर ठूलो भूमिका खेलेका थिए ।

स्वास्थ्य क्षेत्रको सुधार र लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई उनले १२ असार, २०७३ मा विज्ञप्ति निकालेर ‘पागल’ घोषणा गर्ने आँट गरेका थिए । लोकमान सिंहकै दबावमा १७ साउन २०७३ मा पुष्करलाई दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर नियुक्ति गरिएको थियो । त्यतिबेलासम्म उनले वाणिज्य मन्त्रालय अन्तर्गतको ‘काउन्सिलर’ बन्ने गरी कुनै अनुभव बटुलेका थिएनन् ।

जे पनि ‘हुन्छ हजुर’मा सबभन्दा योग्य सचिव

यिनै पुष्करलाई वर्तमान सरकारले अर्थसचिव बनाउन खोजिरहेको छ । एक पूर्वसचिव अर्थ मन्त्रालयभित्रको प्रणालीलाई नबुझेका व्यक्तिलाई अर्थसचिव भए मुलुकको आर्थिक प्रणालीले थप मूल्य चुकाउनुपर्ने बताउँछन् । ‘पछिल्लो दुई दशकमा सुमन शर्माबाहेक कुनै पनि सचिव अर्थ मन्त्रालयको प्रणाली नबुझी आएका थिएनन्’ ती पूर्व सचिव भन्छन्, ‘अर्थ मन्त्रालय अरू मन्त्रालय चलाएजस्तो हैन भन्ने कुरा राजनीतिक नेतृत्वले नबुझे समस्या त पर्छ नै ।’

अर्थ मन्त्रालयभित्रैबाट आए पनि काँचो अनुभवमै बीचमा अर्थसचिव बन्दा के हुन्छ भन्ने शिक्षा मधु मरासिनीबाटै लिन सकिने उनले बताए । अझ प्रधानमन्त्री र अर्थमन्त्रीलाई विश्वासमा लिएर मुलुक र प्रणालीका लागि आवश्यक निर्णय लिनुपर्ने व्यक्ति ‘गणेश प्रवृत्ति’का भए परिणाम घातक हुनसक्ने उनको टिप्पणी छ । ‘चलखेल नगरी बस्नै नसक्ने, हैन, हुँदैन, मिल्दैन, सकिंदैन भन्न नसक्नेहरू अर्थ मन्त्रालयमा जानै हुँदैन’ ती पूर्व सचिव भन्छन्, ‘चुनावी वर्षमा त झन् यस्तो पौंठेजोरी धेरै खेल्नुपर्छ । सरकारले जे पनि ‘हुन्छ हजुर’ भन्ने सचिव खोजेको हो भने चाहिं पुष्कर सबभन्दा योग्य मान्छे हो ।’ उनकाबारेमा अनलाइन खबरले २०७९ साउन २३ गते समाचार प्रकाशित गरेको थियो ।