Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

रामग्राममा उत्खनन् सुरु


रामग्राममा उत्खनन् सुरु

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीस्थित रामग्राम स्तुपमा उत्खनन् सुरु भएको छ । भगवान गौतम बुद्धको अष्टधातु रहेको स्तुपमा एक हप्तासम्म भू–भौतिक सर्वेक्षण (जियोफिजिक्स सर्भे) गरेर उत्खनन् सुरु गरिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताए ।

सन् २०१८ मा गरिएको भू–भौतिक सर्वेक्षणका क्रममा रामग्राम स्तुप परिसरमा प्राचीन पोखरी र विहारको संरचना भेटिएको र त्यसको पुष्टिका लागि उत्खनन्को काम सुरु भएको हो ।

बेलायतको दुर्हाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका विज्ञसहितको टोलीले उत्खनन् गरिरहेको छ । विगतमा देखिएका संरचनाको पूर्ण पहिचान गरी त्यसको सांस्कृतिक र ऐतिहासिक अवस्थाबारे उजागर गर्नु नै अहिलको सर्वेक्षणको प्रमुख उदेश्य रहेको पुरातत्व विभागले जनाएको छ ।