Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

होण्डाको दशैंमा दश लाख योजना


होण्डाको दशैंमा दश लाख योजना

काठमाडौं । होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दशैंमा दश लाख” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत् ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नुहुनेछ । यसका साथै “Choose Your Scheme” अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा रु. १२,५०० बराबरको ५ वर्षै AMC Package पाउन सक्नुहुनेछ ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “१ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिकोलागि मात्र लागू हुने जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।