Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

‘एयोन–वाई’ मोडेल नेपाल भित्रियो


‘एयोन–वाई’ मोडेल नेपाल भित्रियो

काठमाडौं । चिनियाँ कम्पनी ग्वान्झाओ अटोमोबाइलले उत्पादन गर्ने ‘एयोन–वाई’ मोडेल नेपाल भित्रिएको छ । यसलाई सिजी मोटर्सले नेपाली बजार ल्याएको   हो । विद्युतीय यो गाडी मंगलबार कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सार्वजनिक गरे ।

इनोभेसन र सेफ्टीका दृष्टिकोणबाट एक उत्कृष्ट इभी नेपाली बजार भित्रिएको उनले बताए । प्रतिस्पर्धी मूल्यमा नेपाल ल्याइएको यो गाडी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सिङ सुविधासहित प्राप्त गर्न सकिने उनले बताए ।

कम्पनीका अनुसार यस मोडेलमा ६१.५ किलोवाट आवरको ब्याट्री छ । जसले एक चार्जमा ४ सय ९० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यो मोडेलको गाडीको लम्बाइ ४५३५ मिलिमिटर (एमएम), चौडाइ १८७० र उचाइ १६५० एमएम छ । ह्विलबेस २७५० एमएम छ । १ सय किलोवाट पिकआवर क्षमता रहेको यो गाडीमा २२५ एनएम पिकटर्क छ ।

यो कारको मूल्य नेपालमा ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए । ३६० डिग्री क्यामरा रहेको यो गाडी नेपाली ग्राहकबीच लोकप्रिय हुने अपेक्षा चौधरीको छ । अहिले विश्वमै नेपालको इभी नीतिको प्रशंसा हुने गरेको भन्दै अहिले हरेक १० गाडी बिक्री हुँदा ७ वटा इभी भइरहेको उनले बताए ।