काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदीको मूल्य १० रुपैयाँले बढेकोे छ । चाँदी यस दिन प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको प्रतितोला एक हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।