काठमाडौं । संघीय राजधानी काठमाडौंको कीर्तिपुरलाई शिक्षाको ‘हब’ मानिन्छ । यहि कीर्तिपुरमा करिब चार दशक अघि स्थापना भएको पुष्पसदन स्कुलले पछिल्लो समय सबै तहका परिक्षामा उत्कृत नतिजा हासिल गर्दै आएको छ । एसईइ होस् वा उच्च माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएपनि ‘नजिकको तीर्थ हेला’ भनेझै कीर्तिपुरकै स्थानीयमा अझै उच्च शिक्षाकालागि पुष्पसदन रोजाईमा पर्न सकेको छैन् ।
उसो त, यस विद्यालयमा उच्च शिक्षाकालागि सिमित कोटा भएकाले पनि विद्यालयले प्लस टु,मा थप उत्कृष्ट नतिजा हात पार्न सफल भएको छ । यस वर्षको एसइईमा सतप्रतिशत नतिजा ल्याउन सफल पुष्पसदनले रहेक बर्ष उत्कृष्ट रिजल्टकालागि निरन्तरता दिन गुणस्तर सिकाइलाई प्राथमिकता दिएको बताउछन्,प्रिन्सिपल राम धन राई(आरडी) । प्रिन्सिपल राईका अनुसार राज्यले तोकेको शुल्कभन्दा पनि न्यून शुल्कमा अध्यापन गराईरहेको उनको भनाई छ ।
उनले भने, कीर्तिपुरको पुष्पसदन आजभन्दा ४० बर्षअघि स्थापना भएको संस्था हो, यसको स्थापना नेपालमै नाम चलेका शिक्षा तथा समाजप्रेमी महेश श्रेष्ठ ज्यूले स्थापना गर्नुभएको हो, उहाँ समाजलाई शिक्षाको उज्यालो प्रदानगर्ने उद्धेश्य राख्ने व्यक्तीभएकाले पनि विद्यालयले चारदशक निश्वार्थ अध्यापन गराइरहेको छ ।
उनले भने,‘अहिले अभिभावकहरुले छोरा छोरीको इच्छालाई नकार्न नसकि बल्खुपारीका कलेजहरुमा अध्ययन गराउने होडबाजी छ, तर त्यहाँ आफ्नो बच्चाले कस्तो संगत र शिक्षा पाएको छ, भन्ने हेक्का नराख्दा समस्या आउने गरेको छ’ । यस्ता उदाहरण हामी सँग धेरै छ, बालबालिकालाई कक्षा १२ सम्म उनलेनै अध्ययन गरेको विद्यालय पढाउन उपयुक्त छ, प्रिन्सिपल राईले भने । कीर्तिपुरमै अब्बल विद्यालय हुदैँ गर्दा बाहिर पठाउदा विद्यार्थीलाई त्यहाँको वातावरणमा घुलमिल हुनै समय लाग्ने भएकाले उसको दुई वर्षको नतिजाले अभिभावकलाई निराश बनाउने गरेको उनले बताए ।
उनले भने, हामीसँग त्यस्ता कति गुनासो आउने गर्छ,कति विद्यार्थीलाई पुनःहामीले नै पढाउने गरेका छौं । यहाँ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी बाहिर गएर फेल भएको घटनाहरुपनि छन्, विद्यार्थी कमजोर भएर होइन त्यहाँको संगत र वालबालिकाले पाउने स्वतन्त्रता हो ।
आजको दिन मेरो बच्चाले कुन कलेजमा पढ्दैछ भन्दापनि कस्तो शिक्षा लिइरहेको भन्ने बुझ्न आवश्यक रहेको उनको भनाई छ । उनले भने, ‘पुष्पसदनले यस वर्षपनि साइन्स र म्यानेजमेन्टमा प्लस टु,कालागि भर्ना खुला गरेको छ, हामी विद्यार्थी के बन्न चाहान्छ, उसको क्षमता कस्तो छ, त्यो अनुसार मात्रै भर्ना लिने गर्छाै’ । आजको दिनमा रोजाइँको शिक्षा दिन र लिन आवश्यक छ ।