Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चन्द्रागिरीको मच्छेनारायण ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्क बाहिर


चन्द्रागिरीको मच्छेनारायण ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्क बाहिर

काठमाडौं । बचत फिर्ताको माग गर्दै केहि सेयर सदस्यहरुले कर्मचारीमाथि कार्यलयमै हातपात गरेपछि चन्द्रागिरी नगरपालिकामा रहेको मच्छेनारायण ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सम्पर्क बाहिर भएका छन् । गत सोमबार कार्यालयमा आएका बचतकर्ताहरुको समूहले संस्थाका पदाधिकारी तथा कर्मचारीमाथि हातपातको प्रयास गरेपछि संस्थाका अध्यक्ष वसन्त कुमार सिग्देलले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका थिए । उनले सञ्चालक तथा कर्मचारीमाथि आक्रमणको प्रयास भएकोमा सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।

सोमबार संस्थाको सदस्य तथा पीडित समूहले कार्यालयमा आएर तोडफोड र सञ्चालकलाई हातपात गर्ने प्रयासले सहकारी नै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै यस प्रकारको आक्रामक गतिविधि नगर्न, उत्तेजना र आवेशमा नआईदिन सम्पूर्ण सदस्यहरुलाई आग्रह गर्दै विज्ञप्ती जारी गरेको थियो । सो घटनापछि अध्यक्ष सिग्देल सम्पर्क बाहिर रहेको केहि बचतकर्ताले बताएका छन् ।

विज्ञप्तीमार्फत् संस्थाबाट गरिएको ऋण लगानी वापतको रकम उठाउन नसक्दा बचत फिर्ता कार्यमा समस्या उत्पन्न भएको र आशिंक रुपमा बचतफिर्ता गरिरहेकोमा उक्त कार्यलाई बाधा नपुर्याई साथ दिन सहकारीले आग्रह गरेको थियो । सहकारीका सञ्चालकनै सम्पर्क बाहिर भएपछि अहिले बचतकर्ताहरु त्रासमा छन् । दशैको मुखमा सहकारीबाट रकमको आशा गरेका अधिकांस सदस्यहरुले बचत फिर्ता नहुने हो कि भन्ने चिन्तामा रहेको एक सदस्यले बताए ।