Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेटले खानेतेल महँगिने, उद्योग चलाउन नसक्ने उद्योगीको चेतावनी


बजेटले खानेतेल महँगिने, उद्योग चलाउन नसक्ने उद्योगीको चेतावनी

काठमाडौँ । बजेटले खानेतेलको कच्चा पदार्थमा भन्सार महसुल १ प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि स्वदेशी उद्योगी व्यवसायीले विरोध जनाएका छन् । बजेटमार्फत भन्सार महसुल बढाइँदा स्वदेशी खानेतेल उपभोक्तालाई प्रतिलिटर १५ रुपैयाँसम्म बढ्न जाने नेपाल वनस्पति घिउतेल उत्पादक संघले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले उपभोक्ताको भान्सामा नै असर पर्नेगरी ल्याइएको बजेटको व्यवस्था फिर्ता गर्न माग गरेको छ । अन्यथा उपभोक्तालाई भार पर्ने मात्र नभई स्वदेशी उद्योग समेत धरासयी बन्ने भन्दै संघले चिन्ता जनाएको छ । स्वदेशी तेल महँगो बन्न जाँदा भारतबाट अनधिकृत रुपमा गुणस्तरहीन तेल भित्रिने र स्वदेशी उद्योग धरासयी बन्ने संघको भनाइ छ ।

‘भारत सकारले जेठ १० गतेबाट उच्च महँगीबाट जनतालाई राहत दिन खानेतेलको भन्सार महसुल शून्य र जीएसटी ५ प्रतिशत मात्रै कायम गरेको छ’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपालमा भने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र मूल्यअभिवृद्धि कर १३ प्रतिशत गरी सरदर २५ प्रतिशत कायम गरिएकाले यसबाट स्वदेशी उद्योगको उत्पादन लागतमा वृद्धि हुन गई भारतबाट अनाधिकृत रुपमा छ्यापछ्याप्ति कम गुणस्तरका तेल भित्रिन गई राजस्वमा उल्टै क्षति पुग्ने र स्वदेशी उद्योगलाई प्रतिकूल असर पर्नेछ ।’

यो समस्या सरकारले यथाशीघ्र समाधान नगरेमा स्वदेशमा वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योगहरु बन्द हुन जाने र अर्थतन्त्रलाई असर पर्ने संघले चेतावनी दिएको छ । खानेतेलको कच्चा पदार्थमा भन्सार महसुल दर साविक बमोजिम १ प्रतिशत नै कायम गर्नका लागि संघले जोडदार माग गरेको छ । संघका अनुसार देशभर २६ वटा घिउ, तेल उद्योग सञ्चालनमा छन् । यी उद्योगमा करिब १ खर्ब रुपैयाँ लगानी रहेको र १५ हजारले रोजगारी पाएको संघले जनाएको छ ।