काठमाडौं, एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ लक्षित गर्दै, १ सय किलो सुन तस्करीको छानबिन गर्दा के बिग्रिन्थ्यो भनेका छन् । उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यस्तो भनेका हुन् ।
ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा श्रेष्ठको आलोचना गरेका हुन् । सुन तस्करीमा संलग्नहरुलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री माथि प्रश्न उठाएका हुन् ।