Tuesday, November 11, 2025

२०८२ कार्तिक २६, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालबाट ३२ करोड १९ लाख रुपैयाँ बराबरको ७२ थान डोजर अफगानिस्तान निर्यात


नेपालबाट ३२ करोड १९ लाख रुपैयाँ बराबरको  ७२ थान डोजर अफगानिस्तान निर्यात

काठमाडौं । भन्सार विभागका अनुसार यस वर्ष नेपालबाट अफगानिस्तानमा कुल ७२ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम ३२ करोड १९ लाख २३ हजार रुपैयाँ बराबर छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष तथा कन्स्ट्रक्सन एन्ड हेभी इक्विपमेन्ट कमिटी सभापति मिलनबाबु मल्लका अनुसार नेपालमा पूर्वाधार निर्माण व्यवसाय सुस्ताएपछि हेभी इक्विपमेन्ट निर्यात गर्ने बाटो सरकारले खोलिदिएको थियो ।

मल्लले भने, ‘त्यही भएर यहाँ प्रयोग भइरहेका डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेन्ट अफगानिस्तान जस्ता देशमा निर्यात भएको हो ।’

उनका अनुसार नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गर्छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना  (साउन–कात्तिक) मा नेपालबाट अफगानिस्तानमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३३११.२३ प्रतिशत धेरै वस्तु निर्यात भएको छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार नेपालबाट वस्तु निर्यात हुने देशमध्ये अफगानिस्तान १३औं स्थानमा उक्लिएको छ । पहिलो स्थानमा भारत छ ।