Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमजीका दुई विद्युतीय कार एकैपटक सार्वजनिक


एमजीका दुई विद्युतीय कार एकैपटक सार्वजनिक

काठमाडौं, भदौ २८। एमजी गाडीको नेपाली विक्रेता पारामाउन्ट मोटर्सले एमजी फोर इभी र एमजी कमेट इभी सञ्चालनमा ल्याएको छ । कम्पनीले एमजीको इन्ट्री लेबल र मध्यम रेन्जको विद्युतीय कार नेपाली बजारमा ल्याएको हो । भारतमा बनेको विद्युतीय कार एमजी कमेटले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

यसमा १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ । कमेटमा यात्रुको सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पार्किङ सेन्सर राखिएको छ । एमजी कमेट इभीको सुरुवाती मूल्य १८ लाख रुपैयाँ छ । कमेट इभी प्ले र पेस गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । एमजी फोर कम्फर्ट र लक्जरी गरी दुईवटा भेरिएन्टमा उपलब्ध छ । कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ किलोवाट आवर र मोटर क्षमता ९९ किलोवाट रहेको छ ।

एमजी लक्जरी इभीको ब्याट्री क्षमता ६४ किलोवाट आवर र मोटर १५० किलोवाटको छ । एमजी फोरको मुख्य आकर्षण इन्डिभिजुअल सस्पेन्सन र रियर हेभी ड्राइभ हो । एमजी फोर सिंगल चार्जमा ४३५ किलोमिटरसम्म दौडिन सक्छ । राम्रो ह्यान्डलिङ र ट्र्याक्सनका लागि यसमा रियर ह्विल लेआउट राखिएको छ । यात्रुको सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर राखिएको छ । एमजी फोर कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रुपैयाँ र एमजी लक्जरी इभीको सुरुवाती मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।