Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विश्वका शक्तिराष्ट्रहरूको समूह जी–२० सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु, सुन चाँदीका भाँडामा खान्की पस्कीने

जलवायु परिवर्तन र युक्रेनमाथिको रुसी युद्ध मुख्य म...


विश्वका शक्तिराष्ट्रहरूको समूह जी–२० सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु, सुन चाँदीका भाँडामा खान्की पस्कीने

एजेन्सी । विश्वका शक्तिराष्ट्रहरूको समूह जी–२० सम्मेलन आजबाट भारतको नयाँ दिल्लीमा सुरुभएको छ । शक्ति राष्ट्रहरुका नेताहरू जलवायु परिवर्तन र युक्रेनमाथिको रुसी युद्धसँग कसरी जुझ्नेसहितका जटिल मुद्दामा छलफल गर्न भारतको नयाँ दिल्लीमा भेला भएका छन् । रुस–युक्रेन युद्धको विषयमा जी–२० का सदस्य राष्ट्रहरूबीच एकै खालको धारणा नहुँदा साझा वक्तव्य नआउने आशंकाबीच आयोजक तथा अध्यक्ष देश भारतले भने घोषणापत्र लगभग तयार गरेको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतका तर्फबाट जी–२० मा नेगोसिएसनमा रहेका शेर्पा अमिताभ कान्तले घोषणापत्र तयार रहेको र नेताहरुबाट अनुमोदन मात्रै बाँकी रहेको दाबी गरेका हुन् ।

उनले घोषणपत्र समावेशी, महत्वाकांक्षी र धेरै दृष्टिकोणबाट निर्णायक हुने बताए । उनले घोषणापत्र वैश्विक दक्षिण(ग्लोबल साउथ) र विकासशील देशहरुको आवाज बोल्ने उल्लेख गरे । दुईदिन चल्ने शिखर सम्मेलनमा आज  बिहानैबाट नेताहरुको बैठकमा व्यस्त छन् । जी–२० बैठकमा अमेरिका, यूरोपियन युनियनसहितका देशहरु रुस युक्रेनको युद्धको सन्दर्भ उठाएर जी–२० को मञ्चबाट रुसलाई घेर्न खोजेका छन् । तर, रुस र चीन त्यसको विरोधमा छ । भारत पनि रुसको विरोधमा जी–२० को मञ्चलाई प्रयोग हुन नदिने मनसाय देखाउँदै आएको छ । मुख्य रुपमा युद्धकै विषयमा कायम विमतिहरूले साझा वक्तव्य नआउने हो कि भन्ने आशंकाहरु गरिएको हो ।

रुस र चीनका राष्ट्रपति दिल्लीको शिखर सम्मेलनमा आएका छैनन् । अध्यक्षराष्ट्र भारतको प्रस्तावमा जी–२० मा अफ्रिकी संघलाई सामेल गराउने विषयमा सहमति जुटिसकेको छ । भारतको प्रस्तावमा सबै सदस्यहरुले समर्थन जनाइसकेको र त्यसले सम्मेलनबाट औपचारिक रुप लिने बताइएको छ । भारतले शिखर सम्मेलनका क्रममा ’वसुधैव कुटुम्बकम’ अर्थात विश्व एक परिवार हो भन्ने सन्देशमा चीनले असन्तुष्टि जनाएको छ । इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज दिल्ली हिजो नै पुगेका छन् । अमेरिकाका राष्ट्पति जो बाइडेन पनि पुगेका छन् । शिखर सम्मेलन हुने प्रगति मैदानमा अत्याधुनिक र व्यस्थित अन्तर्राष्ट्रिय मिडिया सेन्टर बनाइएको छ । जहाँबाट विश्वभरबाट र भारत भित्रैबाट गरी ३ हजार पत्रकारले समाचार सम्प्रेषणको अनुमति पाएका छन् ।

जी २० के हो?
ग्रुप अफ ट्वेन्टी अर्थात् जी२० विश्वका शक्तिराष्ट्रहरूको एउटा समूह हो । यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ् । जी २० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुईतिहाइ मानिसहरू ती देशमा बस्छन् । अर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन् । स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ । जी२० राष्ट्रमध्ये सात वटाको समूह जी७ (जी-सेभन) पनि छ। जी२० का कतिपय देशहरू - ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका - ले 'ब्रिक्स' नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठूलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा आर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।

जी२० समूहले के छलफल गर्छ?

जी२० राष्ट्रका शीर्षस्थ नेताहरूले छलफल गर्ने विषयहरू हालैका वर्षहरूमा अर्थतन्त्रमा मात्र सीमित छैन। जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण मिनाहा, बहुराष्ट्रिय कम्पनीहरूलाई कर लगाउने विषयहरूमा पनि छलफल हुन थालेको छ। प्रत्येक वर्ष एउटा फरक जी२० सदस्यराष्ट्रले अध्यक्षता ग्रहण गर्ने अभ्यास छ। सोही राष्ट्रले बैठकको विषयवस्तु तय गर्ने गरेको पाइन्छ।सन् २०२२ मा इन्डोनेशियाले जी२० को अध्यक्षता ग्रहण गरेको थियो र शिखर सम्मेलन बालीमा आयोजना गरिएको थियो।

सन् २०२३ को अध्यक्ष भारतले दिल्लीमा हुने शिखर सम्मेलन दिगो विकासमा केन्द्रित भएको हेर्न चाहेको छ। भारतले विकसित र विकासशील देशहरूबीच आर्थिक वृद्धिमा समान पहुँच कायम गर्न चालिनुपर्ने कदमहरूप्रति पनि रुचि व्यक्त गरेको छ।  सम्मेलनमा सामूहिक बैठकबाहेक विश्वका राष्ट्रपति र प्रधानमन्त्रीहरूले एक्लाएक्लै भेटवार्ताको अवसर पनि पाउने छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडनले विभिन्न नेताहरूसँग भेटवार्ता गर्ने र जलवायु परिवर्तनसँग जुझ्ने उपाय, युक्रेनमा जारी रुसी युद्ध र गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा विश्व ब्याङ्कजस्ता संस्थाहरूले चाल्नुपर्ने कदमलाई अझ बलियो बनाउनुपर्ने विषयमा छलफल गर्ने जनाएको छ। तर क्रेम्लिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने जनाएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङ पनि सम्मेलनमा सहभागी नहुने विवरणहरू आएका छन्।

जी–२० शिखरको आर्कषण
जी–२० सम्मेलन भारतः धनी देशका पाहुनालाई सुन चाँदीका भाँडामा खान्की पस्कीने छ । दिल्लीले विश्वका अग्रणी नेताहरूको आतिथ्य गरिरहेको छ । उनीहरूको अतिथि सत्कारको एउटा आकर्षण सुन चाँदीका भाँडा पनि हुनेछन् । विशिष्ट भारतीय परिकारहरू सुन र चाँदीका भाँडाकुँडामा पस्किइने छ ।