Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आधाभन्दा धेरै पालिकामा स्वास्थ्य बीमा बाेर्डको प्रथम विन्दु पुग्नै बाँकी


आधाभन्दा धेरै पालिकामा स्वास्थ्य बीमा बाेर्डको प्रथम विन्दु पुग्नै बाँकी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३ सय ५६ पालिकामा मात्रै प्रथम सेवा विन्दु पुगेको जनाएको छ । बोर्डको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले ४७ दशमलव ७ प्रतिशत पाकिलामा मात्रै बोर्डको आफ्नै प्रथम सेवा विन्दु रहेको जानकारी दिए । अहिलेसम्म पनि ३ सय ९७ पालिकामा प्रथम सेवा विन्दु नपुगेको जानकारी दिँदै उनले ती पालिकाका बीमित सेवाग्राहीहरूले नजिकैको अर्को पालिकामा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताए ।

कार्यकारी निर्देशक रघुराज काफ्लेले प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने बीमितहरूको सङ्ख्यासमेत बढ्दै गएको बताए । उनकाअनुसार आर्थिक वर्ष २०७४—०७५ मा बीमा नवीकरण नगर्ने ५४ प्रतिशत, २०७८—७९ मा ६४ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको अहिलेसम्मको सङ्ख्या ५४ प्रतिशत रहेको छ ।

सेवाग्राहीहरूले एकचोटि बीमा गरिसकेपछि किन बीमा नवीकरण गर्दैनन् भन्नेबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको कार्यकारी निर्देशक काफ्लेले बताए । दोहोरोपनाको कारण बीमितको यथार्थ विवरण प्राप्त गर्नसमेत कठिन भएको उनको भनाइ छ । स्वास्थ्य बीमा गरेका बीमितहरूले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गए पनि लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्याङ्क छ ।