Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनियाँ ईभीलाई क्यानडाको १०० प्रतिशत भन्सार शुल्क


चिनियाँ ईभीलाई क्यानडाको १०० प्रतिशत भन्सार शुल्क

काठमाडौँ । क्यानडाले चीनमा बनेका विद्युतीय गाडी(ईभी) को भन्सार शुल्क बढाएर १०० प्रतिशत पुर्‍याएको छ । अमेरिका र युरोपेली युनियनलाई पछ्याउँदै क्यानडाले पनि चिनियाँ ईभीको आयातमा शुल्क बढाएको थियो ।

त्यस्तै क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार शुल्क लगाउने भएको छ । क्यानडाले चीनबाट आयात हुने सबै ईभीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको हो जसमा टेस्लाका कारसमेत पर्दछन् । चीनको सांघाईमा टेस्लाको फ्याक्ट्री रहेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मुलुकलाई अटोमोबाइल क्षेत्रमा आत्मनिर्भर बनाउन उक्त कदम चालिएको बताएका छन् ।

चीनमा निर्मित ईभीको भन्सार शुल्क १ अक्टोबर र स्टिल तथा आल्मुनियममा लगाइएको शुल्क अक्टोबर १५ देखि लागू हुने बताइएको छ । गत मे महिनामा अमेरिकाले चिनियाँ ईभीको भन्सार शुल्क ४ गुणाले बढाएर १०० प्रतिशत पुर्‍याउने घोषणा गरेको थियो । तर अमेरिकाले उक्त निर्णय कार्यान्वयन भने गरिसकेको छैन । विद्युतीय सवारीको विश्वबजारमा सबैभन्दा ठूलो हिस्सा चीनले ओगटेको छ ।