काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको थप एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएकका छन् ।
उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको बताएका छन् । लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्खया १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाण्डौंले बताएको छ ।