काठमाडौं । माओवादी केन्द्रका नेता लेखनाथ दाहालले गत बुधबार नीति तथा कार्यक्रममाथीको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली कटाक्ष गरेका थिए । उनले ने.क.पा (नेपाल कम्युनिष्ट पार्टी) बाट प्रधानमन्त्री भएको बेला पशुपतिनाथ मन्दिरको माथिल्लो भागमा सुनको जलहरी लगाउदा भ्रष्ट्रचार भएको बताएका थिए ।
उनले रोस्टमबाट भनेका थिए, ‘सरकारले भ्रष्टचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो । उहाँ केपी शर्मा ओली सरकारमा बस्दा कति भ्रष्टचारका काण्ड भए ? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीमा २ अर्ब भ्रष्टचार । त्यतिमात्र होइन पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेका हजारौ भ्रष्टचारका काण्ड छन् ।’
लेखनाथ दाहालको यिनै कुराले आज बसेको प्रतिनिधीसभाको बैंठकमा एमालेले बिरोध जनाएको हो । सुन्य समयको लागि बोल्न भन्दै सभामुख देवराज घिमिरेले आग्रह गरेपनि एमालेका सांसदहरुले बिरोध स्वरुप आफ्नो स्थानबाट उठेका थिए । सोही क्रममा एमाले नेता पदम गिरीले बोल्दै भने, ‘तथ्यहिन र आधारहिन ठंगले हामीमाथि लगाईएको जुन आरोप छ, यस बिषयमा सरकारको धारणा के हो ? सरकराले सुन हो कि पित्तल हो, यस बिषयमा सरकारले ध्यान दिनुपर्छ । यसअघिका आधारहिन तथ्य बारे बोलेकोले माफि माग्नुपर्छ ।’ भन्दै बिरोध गरेका थिए ।
अर्का एमाले नेता तथा पूर्वसभामुख सुवास चन्द्र नेवाङ्गले सरकारमा बसेका सांसदले गैरजिम्मेवारपूर्ण टिप्पणी गरेको भन्दै बिरोध गरेका थिए । नेवाङ्गले लेखनाथ दाहाललाई इकित गर्दै भने, ‘आफु सरकार चलाई रहेको छ । सम्पूर्ण डाडु पन्यू आफ्नो हातमा छ, कानुन बिपरित भएका कानुनमा कारबाही गर्ने अधिकार छ । सरकार जसलाई सबै कुरा थाहा छ । त्यो सत्ता पक्ष सांसदले संसदको रोस्टममा उभिएर प्रमुख प्रतिपक्ष माथि यस्तो आरोप लगाएर उहाँले भन्नुभयो, मलाई विस्वास लागेन । म शष्द दोहोर्याउछु सुनको जलहरीको नाममा पित्तलको जलहरी चडाएर भ्रष्टचारको काम गरेको छ । यो यति गम्भिर आरोप हो । यो बिषयलाई टुंगोमा नपुर्याए हामी उढ्यौ भने हामीमाथी गम्भिर आरोप लाग्छ । ’ भन्दै नेता नेवाङ्गले बिरोध जनाएका थिए ।
के हो पशुपतिको सुनको विवाद ?
एमाले अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक प्रधानमन्त्री भएको समयमा पशुपतिनाथ मन्दिरको माथिल्लो भागमा सुनको जलप लगाउने निर्णय भएको थियो । जसमा सो समय करिब १ सय ३ किलो ७ सय ७३ ग्रााम सुन राख्ने निर्णय केपी ओलीको सरकारले गरेको थियो ।
यस निर्णय बिरुद्ध सर्वाेच्च अदालतमा २०७७ साल फागुन १२ गते संस्कृतिविद् तथा पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम बैधले असंवैधानिक र दुर्भाग्यपूर्ण निर्णय भन्दै बैध र अधिवक्ता निकिता ढुङ्गानाले सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए । तर निवेदन दर्ता भएको भोलीपल्ट नै जलहरी लगाईएको थियो ।
तर जलहरी लगाएकै भोलीपल्टबाट भ्रष्टचार भएको भन्दै जनबिरोध समेत भएको थियो । साथै, महालेख परिक्षकको बार्षिक प्रतिवेदनले समेत भने अनुसार बराबरको जलहरी नलगाएको भन्दै प्रतिवेदनमा उल्लेख गरेको थियो ।
महालेखा परिक्षककोले भनेको छ, ‘ पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि यो बर्ष नेपाल राष्ट्र बैंकबाट १ सय ३ किलो ७ सय ७३ ग्राम सुन जम्मा ८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम, जिङ्ग १२(७५ ग्रँमसमेत प्रयोग गरी जम्मा १ सय ७ किलो ९ सय २४ ग्राम सुन कायम भएको उल्लेख छ ।’
तर उक्त प्रतिवेदनमा भनिएको छ । ‘जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पुर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश गरेको छैन ।’