Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आजैका दिनःअमेरिका र सोभियत संघबीच क्षेप्यास्त्र सन्धि

विश्वमा आज


आजैका दिनःअमेरिका र सोभियत संघबीच क्षेप्यास्त्र सन्धि


एजेन्सी । सन् १९७२ मा आजकै दिन (मे २६) मा अमेरिका र सोभियत संघले बलिस्टिक क्षेप्यास्त्रविरुद्धको सन्धि गरेका थिए । सन्धिमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र सोभियत संघका नेता लियोनिद ब्रेन्झनेबले हस्ताक्षर गरेका थिए । बलिस्टिक क्षेप्यास्त्रको प्रयोग रोक्ने विषयमा अमेरिकाले १९६६ मा पहिलो पटक सोभियत संघसँग प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव रणनीतिक हतियार सीमासम्बन्धी वार्ताका क्रममा गरिएको थियो । तर करिब तीन वर्षसम्म त्यस विषयमा कुनै छलफल तथा प्रगति भएको थिएन । पछि १९७२ मा मस्कोमा आयोजित एक सम्मेलनका दौरान दुवै देशबीच सहमति जुटेको थियो ।

बलिस्टिक क्षेप्यास्त्र नियन्त्रणका लागि गरिएको सन्धि त्यसै वर्षको अन्त्यमा दुवै देशका संसद्बाट अनुमोदित भएको थियो । अमेरिका २००२ मा उक्त सन्धिबाट अलग भएको थियो । त्यससँगै अमेरिका र रुसले २००२ को मे २४ मा रणनीतिक आक्रमण नियन्त्रण गर्ने विषयमा सन्धि गरेका थिए ।