Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाली बजारमा हुन्डाईको विद्युतीय गाडी कोना जिएल सार्वजनिक


नेपाली बजारमा हुन्डाईको विद्युतीय गाडी कोना जिएल सार्वजनिक

काठमाडौं,हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जिएल इलेक्ट्रिक सार्वजनिक भएको छ । कम्पनीले ५९ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर कोना जिएल सार्वजनिक गरेको हो। अर्को भेरियन्ट जिएल–एसको मूल्य भने ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ। विद्युतीय गाडीहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो सफल इलेक्ट्रिक मोडल कोनाको जिएल भर्सन बजारमा ल्याएको दाबी गरेको छ। यस्तो छ कोना जिएल इलेक्ट्रिक कोना इलेक्ट्रिक नेपालमा सफल मानिएको क्रसओभर इभी भएको कम्पनीको बताएको छ।

नयाँ कोनामा ड्राइभिङ रेन्ज बढ्नुका साथै नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी यसमा भएको मुख्य परिमार्जन रहेको बताइएको छ। यसमा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेकाले यसमा हाई इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले बताएको छ। ब्याट्रीको लेआउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्यान्डलिङ उत्कृष्ट बनाएकाले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्ने बताइएको छ।

नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट रहेको बताइएको छ। कोना इलेक्ट्रिकलाई एकपटकको सिंगल चार्जमा तीन सय पाँच किलोमिटरसम्म गुडाउन सकिने तथा १०० किलोवाट डिसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्ने उल्लेख छ। यसमा रहेको आठ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्चस्तरीय बनाउने कम्पनीको दाबी छ। नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता रङमा उपलब्ध रहेको कम्पनीले बताएको छ।