काठमाडौं, श्रावण २४ । ग्लोबल आइएमई बैंकले कर्मचारीको लागि निकालेको स्वैच्छिक अवकाश योजनामा २८ जनाले आवेदन दिएका छन् । अवकाश रोज्नेमा तत्कालीन बैंक अफ काठमाडौं २७ जना र ग्लोबल बैंक १ जनाले आवेदन दिएका छन् । गत पुस २५ गते ग्लोबल आइएमई बैंक बैंक अफ काठमाडौंलाई अक्वायर गरेपछि पहिलो पटक कर्मचारी स्वैच्छिक अवकाश योजना ल्याएको हो । सो योजना हिजो साउन २२ गते सोमबार सकिएको बैंक स्रोतले बताएको छ ।
बैंकको भीआरएसमा २८ जना कर्मचारीहरूले आवेदन दिएका छन् । बैंक स्रोत अनुसार १ जना डिजीएम र ३ जना एजीएमसहित २८ जना कर्मचारी भीआरएस अप्लाइ गरेका हुन् । बैंकले ल्याएको भीआरएस सोमबार सकिएको छ, सो अवधिमा डीजीएम र एजीसहित २८ जना कर्मचारीहरूले अप्लाइ गरेका छन्’ बैंक स्रोतले भन्यो । बैंक अफ काठमाडौंका उच्च तहमा रहेका कर्मचारीले मात्रै अवकाश रोज्नुमा बैंकभित्र ग्लोबल समूहको वस्चर्स्व रहेको बुझ्न सहिन्छ ।
बैंकले अवकाश रोज्ने कर्मचारीलाई सेवा अवधिको आधारमा ८ महिना देखी २० महिनाको तलब सुविधा दिन लागेको छ । बैंकका डिजिएम दीपक गौतम, कर्पोरेट बिजनेस प्रमुख अनिल श्रेष्ठ, जनरल सर्भिसका प्रमुख कमलराज पाठक, बैंकको रिटेल एन्ड कर्पोरेट प्रमुख सन्तोष प्रधानले पनि अवकाश रोजेका छन् । अवकाश रोज्ने ४ जना हाकिम साबिक बैंक अफ काठमाण्डूका पूर्व कर्मचारी हुन् । बैंक अफ काठमाडौं २०७९ पुस २५ गतेदेखि अक्वायर गरेको ग्लोबल आइएमईले मर्जरको ७ महिनापछि कर्मचारीलाई बिदाइ गर्न लागेको हो ।