Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा कति पुग्यो ?


सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि सुनको मूल्य बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ८ सयले बढेर एक लाख ७९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ । निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।