काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन् ।
आज भएको शिष्टाचार भेटवार्तामा दाहालले संभावना रहेकाले सहयोगको अपेक्षा गरे । भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको छ ।
साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।