Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुदूरपश्चिम प्रदेशमा लगानी आवश्यक छः एनआरएनए


सुदूरपश्चिम प्रदेशमा लगानी आवश्यक छः एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डलले आज गरेको छलफलमा एनआरएनएका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र उपेन्द्र महतोले लगानीकर्ता भित्र्याउने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनबारे उहाँहरूसँग छलफल गरेको थियो। छलफलको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्न आग्रह गरे । छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलनका संयोजक नरेशकुमार शाहीको पनि उपस्थिति रहेको थियो।