काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना सार्वजनिक गरेको छ । त्यस अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट)प्रयोजनको लागि चाडपर्व विशेषमा गाडी कर्जा योजना सार्वजनिक गरेको हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा एक करोड रुपियाँसम्म कर्जा लगानी गर्नेछ ।
कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । गाडीको कोटेशनमा अङ्कित मूल्यको विद्युतीय गाडी(इभी)को हकमा बढिमा ८० प्रतिशत र पेट्रोलडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ ।