Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

मदनलाई सम्झेर भइन् भावुक


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान प्रदान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हीरक महोत्सव कार्यक्रममा एमालेले राष्ट्रपति भण्डारीलाई सम्मान गरेको हो ।

नेपालको महिला आन्दोलनको अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको योद्धा, गणतन्त्र नेपालको दुई पटक निर्वाचित राष्ट्रपति भएकी भण्डारी जननेता मदन भण्डारीकी पत्नी हुन् ।  ३ जेठ २०५० मा भएको दासढुंगा दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि आफ्नो राजनीतिक जीवनले नयाँ मोड लिएको उनले स्मरण गरिन् । ‘एमालेको प्रेरणा, कार्यकर्ता र जनताको चाहना बमोजिम म मदनका अधुरा सपना सकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय भएको थिएँ,’ यसो भन्दा उनको गला अवरुद्ध भएको थियो ।

सोमबार सनराइज हल गोदावरीमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाख खनाललगायतले भण्डारीलाई उक्त सम्मान प्रदान गरे । कार्यक्रममा मदन भण्डारीका लेखहरुको अंग्रेजी अनुवाद संग्रहित गरिएको पुस्तक पनि विमोचन गरिएको थियो ।