Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

“रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि” अन्तर्गत महानगरबासीहरुलाई फाराम भर्न काठमाडौं महानगरपालिकाकोआव्हान


“रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि” अन्तर्गत महानगरबासीहरुलाई फाराम भर्न काठमाडौं महानगरपालिकाकोआव्हान


काठमाडौं । काठमाडौं महानगरपालिकाको आ.व. २०८०।०८१ को स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेटमा महानगर गौरवको योजनाको रुपमा रहेको “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि” अन्तर्गत महानगरबासीहरुलाई फाराम भर्न आव्हान गरेको छ ।

काठमाडौं महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै महानगरका बासिन्दाहरुलाई विभिन्न तालिम, सीपको माध्यमबाट क्षमता अभिवृद्धि गरी विभिन्न पेशा, रोजगारमा आबद्ध गराई आर्थिक रुपले सशक्त बनाउन सो कार्यक्रम ल्याएको हो ।

महानगरपालिकाले ल्याएको विविध कार्यक्रममध्ये इच्छुक सेवा प्रदायक संस्था/श्रोत व्यक्ति वा विषय विज्ञहरुलाई सूचिकृत हुनका लागि काठमाडौं महानगरपालिकाको वेव साइटमा रहेको लिङ्कमा गएर आफ्नो विवरण भरि आवेदन पेश गर्न सकिने जानकारी गरिएको छ ।

आवेदन दिनका लागि आवश्यक कागजातहरु सहितको विवरण सूचना जारी गरिएको २१ दिनभित्र सम्वन्धित ठेगानामा भर्नका लागि महानगरले अनुरोध समेत गरेको छ ।
थप जानकारी र लिङ्क  यस सूचना मार्फत् गएर हेर्न सकिनेछ ।