काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ । समितिका सचिव एकराम गिरीका अनुसार बैठक बुधबार दिउँसो २ बजे बस्नेछ । उनका अनुसार बैठकमा एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल हुनेछ । यसअघि समितिले एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीको आशंका गर्दै नियामक निकायसँग जवाफ माग गरिसकेको छ । आइतबार समितिले तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयसँग जवाफ मागेको थियो ।