काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् । म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको आरोप लगाए । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको उनको भनाई थियो । त्यस्तो अत्याचार नरोकिए जनताबाटै विद्रोह हुन सक्ने उनको चेतावनी छ । युवाहरू मेडिकल परीक्षण गरेर विदेश जाने गरेको तर विदेशमा मृत्युवरण गर्नुपर्ने अवस्थाको खोजी गरिनुपर्ने उनको माग छ । युवालाई विदेश पठाउने नाममा व्यापार गर्ने कार्यमा सरकारमा रहेका व्यक्ति, राजदूतहरू, वैदेशिक रोजगार विभागमा रहेका अधिकारीहरू समेत संलग्न रहेको उनको आशंका छ ।
विदेश जाने युवाहरूमाथि ठगी भइरहेको छ, म्यानपावर व्यावसायीलाई कारबाही गरौंः प्रभु साह