Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार अन्तिममा ७ अंकले बढ्यो


सेयर बजार अन्तिममा ७ अंकले बढ्यो

काठमाडौं, भदौ १८। सेयर बजार आज अन्तिममा ७ अंकले बढेको छ । कारोबारको अन्तिम समयमा मूल्य झरेको मौकामा खरिद गर्नेहरु बढ्दा परिसूचक अन्ततः अघिल्लो दिनको तुलनामा सामान्य अंकले बढ्यो हो । सो अंकको वृद्धिपछि नेप्से १९६७ अंकमा कायम भएको छ । २ ः३५ बजे नेप्से १९४९ अंकमा झरेको थियो, त्यसपछि बजार उकालो लागेको हो ।

दिनभर कुल १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब १८ करोडको कारोबार भएको थियो । कुल १२६ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १४ को स्थिर रहृयो । जसमध्ये बैंकिङ १.९, विकास बैंक १६, होटल तथा पर्यटन २९, जलविद्युत् १६, जीवन बीमा ५५, उत्पादन ६, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ३२, अन्य ६ र व्यापार उपसमूह ३० अंक बढे ।

फाइनान्स उपसमूह भने ०.४ अंक घट्यो । थ्रीस्टार हाइड्रोपावर, दोल्ती पावर, ग्रीन भेन्चर, रुरु जलविद्युत् र आशा लघुवित्तको मूल्य ९.८ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्यो । लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, नबिल बैंक, सोल्टी होटल र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहेका छन् ।