Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा


दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो । मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए ।

काठमाडौंस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शक सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले जानकारी दिए । बागमती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आरोप गरेको छ ।