काठमाडौं । नेपालगञ्ज कनक्लेभको दोस्रो संस्करण मंसिर २० र २१ गते हुने भएको छ । धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कनक्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डस्ले आयोजना गर्दै आएको छ ।
यसपटक आठ वटा सत्रमा छलफल गरिने तय भएको नेपालगञ्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । उनका अनुसार कनक्लेभमा स्थानीय मुद्दाका रुपमा नेपालगञ्जको ऊर्जा सङ्कटलाई बहसको विषय बनाइएको छ । यसैगरी, शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारका साथै अर्थतन्त्र सुदृढीकरणका लागि व्यापार घाटाको दिगो व्यवस्थापनबारे पनि छलफल हुनेछ ।