Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्तर्राष्ट्रिय विमानस्थलको ८ किमि वरपर चार्टर्ड हेलिकोप्टर उडानमा रोक


अन्तर्राष्ट्रिय विमानस्थलको ८ किमि वरपर चार्टर्ड हेलिकोप्टर उडानमा रोक

काठमाडौँ —नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ८ किमि वरपर चार्टर्ड हेलिकोप्टर उडान तथा अवतरणमा लगाएको रोकलाई निरन्तरता दिने भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका नियमित उडान व्यवस्थापनमा काठमाडौं टावरमा रहने एयर ट्राफिक कन्ट्रोलरलाई उडान सुरक्षा चुनौती कायमै भएकाले यो निर्णयलाई निरन्तरता नै दिइएको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जनाए ।

गत वैशाख १८ मा लुक्लाबाट आउँदै गरेको सिम्रिक एयरको हेलिकोप्टर र दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाज अवतरणका क्रममा दुई माइल दूरीमा आमनेसामने भएपछि प्राधिकरणले काठमाडौंभित्र हुने हेलिकोप्टर उडानमा कडाइ गरेको थियो । उक्त घटनामा सिम्रिक एयरका पाइलट आर डंगोलको कमजोरी रहेको जनाउँदै प्राधिकरणले उनलाई ग्राउन्डेड गर्ने निर्णय गरेको थियो । ती पाइलटलाई प्राधिकरणले अझै उडानमा फिर्ता गराउने निर्णय गरिनसकेको भुलले बताए ।

सिम्रिकअघि प्रभुको हेलिकोप्टर उडाउँदै आएका क्याप्टेन डंगोल ०८० माघमा स्याङ्जाको फुटबल मैदानमा हेलिकोप्टर अवतरण गराउँदा पनि ग्राउन्डेड भएका थिए । उक्त घटनापछि डंगोलले प्रभु छाडेर सिम्रिक एयरमा काम थालेका थिए ।