Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

७१ औं मिस वर्ल्डको फिनाले आज


७१ औं मिस वर्ल्डको फिनाले आज

काठमाडौं ।  ७१ औं मिस वर्ल्डको फिनाले आज हुँदैछ । नेपाली समयानुसार आज बेलुका ७ः४५ बजेदेखि भारतको मुम्बईमा हुँदैछ । उपाधिका लागि नेपालसहित ११५ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । मुम्बईको जियो कन्भेन्सन सेन्टरमा हुने फिनालेमा नेपालबाट प्रियंकारानी जोशीले सहभागिता जनाएकी छन् । ‘ब्युटी विथ अ पर्पस’ विधाको एसियाली विजेताको रुपमा नेपाल उत्कृष्ट ४० मा प्रवेश गरिसकेको छ ।

‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्युटी विथ अ पर्पस’ विधामा प्रियंकाको बलियो उपस्थितीले अवश्य पनि नेपाल दाबेदार हो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले समारोह होस्ट गर्नेछन् । सान मुखर्जी, नेहा कक्कर, टोनी कक्कर, टोनी एन सिंहले प्रस्तुति दिँदैछन् ।


फिनालेको सुरुमा ४० प्रतिस्पर्धी छनोट हुनेछन् । त्यसपछि १२ सेमिफाइनलिस्ट तय हुनेछन् । अनि उत्कृष्ट ८ को घोषणा हुनेछ । त्यसपछि प्रत्येक महादेशबाट विजयी हुँदै उत्कृष्ट ४ घोषणा हुनेछन् । उत्कृष्ट चारबाट एकजना फस्ट रनरअप र विजेता घोषणा गर्ने सूची छ । सोनीलिभले फिनालेको प्रत्यक्ष स्ट्रिमिङ गर्नेछ ।