काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले प्रक्रिया सुरु गरेको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई अब ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।
१५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीः कालो सूचीमा राख्ने प्रक्रिया सुरु