Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदीय छानविन विशेष समितिले माग्यो देशभरिबाट सहकारीको बिवरण


संसदीय छानविन विशेष समितिले माग्यो देशभरिबाट सहकारीको बिवरण

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले देशभरिबाट सहकारीको बिवरण माग गरेको छ । समितिले संघीय, प्रदेश र स्थानीय तह कार्यक्षेत्रमा संचालित सहकारीहरूको तथ्यपरक बिवरण मगाएको हो ।

सहकारीहरूको तथ्यपरक जानकारी र विवरण संकलनका लागि ७५३ स्थानीय तह, सात प्रदेश सहकारी विभागलाई पत्रचार गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।


सभापति थापाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालले ४६० वटै गाउँपालिकाहरू तथा २९३ वटा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरूले फारम भरेर अविलम्ब पठाउन गुगल फाराम पठाइएको जनाए । सहकारी क्षेत्रको संकटमोचन र पुनरूत्थानका लागि सही निष्कर्षमा पुग्न सही तथ्य–तथ्यांकको आधारमा विश्लेषण गर्नु अपरिहार्य हुने उनको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको कार्यान्वयन गर्नेगरी सबै स्थानिय तहहरूलाई निर्देशित गरिसकेको हुँदा सम्बद्ध सबै पालिकाहरूको नेतृत्वसँग यथाशिघ्र फाराम भरी पठाउन जननिर्वाचित प्रमुख, अध्यक्ष तथा प्रशासकीय प्रमुखहरूसमक्ष अनुरोध गरिएको पनि जनाए ।