Sunday, June 02, 2024

२०८१ जेष्ठ २०, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाल धितोपत्र बोर्डद्वारा थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स वितरण


नेपाल धितोपत्र बोर्डद्वारा थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स वितरण

काठमाडौं, भदौ १ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स वितरण गरेकोे छ । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले थप ५ वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको स्वीकृती दिएको हो । नयाँ लाइसेन्स पाउनेमा सिमित कार्य गर्ने गरी सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, पूर्ण कार्य गर्ने गरी हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन।

पहिलो चरणमा लाईसेन्स प्राप्त ब्रोकरहरुले दोस्रो बजारमा औपचारिक रुपमा नै कारोबार सुचारु गरिसकेका छन् । पहिलो चरणमा लाईसेन्स पाउनेमा हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, मियो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका छन् । दोस्रो चरणमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रलि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एस्पी।

बि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक एक्स कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज,ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिजलाई कारोबार लाईसेन्स दिएको थियो । उनीहरु कारोबार गराउने प्रकृयामा रहेका छन् । नयाँ ५ सहित ब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीको संख्या ३७ पुगेको छ।