Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अवैध सामान सिरहा नाका हुदैं भित्रदै


अवैध सामान सिरहा नाका हुदैं भित्रदै

काठमाडौं, चाडबाडलाई लक्ष्य गरेर काठमाडौंको बजारमा अवैध रूपमा भारतीय सामान भित्र्याउन सिरहा नाका रोजेको देखिएको छ । भारतबाट पछिल्लो दुई दिनमा अवैध रूपमा झन्डै डढ करोड रुपैयाँ बराबरको कपडा बरामद भएको छ । राजस्वको नियन्त्रणमा डेढ करोडका कपडा राजस्व अनुसन्धान कार्यालय इटहरीले सशस्त्र प्रहरी बलको सहयोगमा सिरहास्थित माडर नजिकैबाट काठमाडौं लैजाँदै गरेको ट्रकसहित आइतबार बिहान झन्डै एक करोडको कपडा बरामद गरेको छ । पछिल्लो समय चोरी–पैठारी हुन थालेको सुराकीका आधारमा प्रहरी परिचालन गरिएको राजस्व कार्यालयका प्रमुख सुरेश आचार्यले बताएका छन् ।

सारी, कुर्ता–सुरुवाल, सर्टिङ–सुटिङलगायत कपडा बरामद गरिएको उनको भनाइ छ। राजस्वको सुराकीका आधारमा गोलबजारस्थित सशस्त्र प्रहरीले कपडाको ट्रक नियन्त्रणमा लिएको हो ।सिरहाको माडरस्थित एक विद्यालय परिसरको आँपबगैंचा नजिकैबाट शनिबार बिहान पनि झन्डै ५० लाखको कपडा बरामद गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन्। यसरी दुई दिनमा करिब डेढ करोडको सामान बरामद गरेको उनको भनाइ छ ।

उक्त कपडा पनि बगैंचामा थुपारिएको अवस्थामा फेलापरेको उनले बताए । दसैंमा भारतीय कपडाको खपत काठमाडौंमा बढी हुने भएकाले खुला सीमाको फाइदा उठाएर चोरी–पैठारी बढेको महानिर्देशक ढुंगानाको दाबी छ। सीमा क्षेत्रका व्यक्तिले ससानो परिणाममा यस्ता सामान भित्र्याउने र एकै स्थानमा थुपारेर ठूलो परिमाण बनाउने गरेको प्रारम्भिक अध्ययनले देखाएको पनि उनले बताए। नेपाल भित्र्याएपछि उक्त सामानलाई व्यवस्थित रूपमा प्याकिङ गरेर सवारीसाधनमा लोड गरेको राजस्व कार्यालयका प्रमुख आचार्यले बताए ।

बरामद सामानको नक्कली बिल पनि रहेको उनको भनाइ छ । पूर्व–पश्चिम राजार्गबाट करिब २३ किमि दक्षिणतर्फ रहेको सिरहा भन्सार नाका छलेर खुला बाटो चोरी–पैठारी हुने गरेको उनले जनाए । जिल्लाको करिब ४६ किमि भारतीय सीमामा जोडिएको छ । खुला सीमाका कारण ससानो परिणाममा सामान भित्र्याएर संकलन गर्ने प्रवृत्ति बढ्दो रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। साइकल वा मोटरसाइकलमा विवाह, चाडबाड र व्यक्तिगत प्रयोजनका लागि भन्दै सामान भित्र्याउने गरिएको उनको भनाइ छ। खुला सीमा लामो भएकाले भन्सारले चाहेर पनि नियन्त्रण गर्न कठिन भएको उनले बताएका छन् ।