काठमाडौँ । इलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी एक्स एआईमा ५ अर्ब डलर लगानी गर्ने प्रस्ताव अघि सारेका छन् । यसबारे उनले टेस्ला बोर्डसँग छलफल गर्ने बताएपछि यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने प्रविधि विज्ञहरूले टिप्पणी गरेका छन् । एआई सुरक्षित छैन भनेर बेलाबखत अभिव्यक्ती दिँदै आएका इलन एक्सएआईको विस्तारमा भने नयाँ—नयाँ पहल गर्दै आएका छन् ।
च्याटजीपीटी निर्माता ओपेनएआईसँग प्रतिश्पर्धा गर्ने हिसाबले इलनले गत वर्ष एक्सएआई स्थापना गरेका थिए । यसलाई अघि बढाउन हाल उनले टेस्लाको अलिकति स्रोत एक्स एआईमा लगानी गर्न चाहेका हुन् । यसबारे उनले एक्समा ५ अर्ब डलर लगानी गरौं कि नगरौं भनेर यो साता पोल (अनलाइन सर्वेक्षण) समेत गरेका थिए ।