Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भदौंबाट बैंकको व्याजदर बढाउने तयारी, व्याजदरको भद्र सहमति तोडियो !


भदौंबाट बैंकको व्याजदर बढाउने तयारी, व्याजदरको भद्र सहमति तोडियो !

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एशोसिएसनको बैठकले लामो समयदेखि लागू हुँदै आएको व्याजदरको भद्र सहमति तोड्ने निर्णय गरेपछि बैंकहरुले ब्याजदर बढाउने भएका छन् । भदौंबाट लागुहुनेगरि नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी भएको छ ।

असार २८ गते बसेको बैंकर्स संघको बैठकले साउन १ देखि लागू हुनेगरी व्याजदर खुला छाड्ने निर्णय गरेपछि साउनमा ४ वाणिज्य बैंकले व्याजदर बढाएका थिए । अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकको मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत छ । एनएमबीका सीईओ सुनिल केसी बैंकर्स एसोसिएसनका अध्यक्ष समेत हुन् ।

यता प्राइम कमर्सियल बैंकको पनि १०.९३ प्रतिशत व्याजदर छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत छ । एभरेष्ट बैंकले पनि मुद्दतीमा १० प्रतिशत दिइरहेको छ ।
हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत छ । माछापुच्छ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि विकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशत माथि छ । सबैभन्दा कम व्याजदर स्ट्याण्डर्ड चार्टड बैंकको ८.९५ प्रतिशत रहेको छ ।
तत्काल संघले ब्याजदर बृद्धिको निर्णय गर्ने छ । अहिले तरलताको खासै समस्या नभएपनि अब केही मुद्दती निक्षेप परिपक्क (म्याचुअर्ड) हुने अवस्थामा छन् । कम व्याजदर भएका बैंकहरूबाट उक्त निक्षेप बढी व्याजदर भएको बैंकमा नजाओस् भनेर व्याजदर बढाउने तयारी भएको छ ।

सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न होडमा फेरि पनि बैंकहरू उत्रने देखिन्छ । निक्षेपको व्याजदर बढ्ने वित्तिकै कर्जाको व्याजदरसमेत बढ्न जान्छ । बैंकहरूले निक्षेपकर्ताकै रकम ऋण लगानी गर्ने भएकोले निक्षेपको लागत बढ्ने बित्तिकै स्वाभाविक रूपमा ऋणीहरू मारमा पर्छन् । ऋणको व्याज बढी भएको भन्दै लगानी गर्न नसकेको बताइएको बेला उद्योगीलाई बैंकहरूको व्याजदर बढाउने प्रतिस्पर्धाले झड्का लाग्ने देखिन्छ ।