Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआइसी एसिया बैंकले आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने


एनआइसी एसिया बैंकले आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने

काठमाडौं, श्रावण १४ । एनआइसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्टहरूले उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टका अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको जानकारी पाउने बैंकले बताएको छ ।

डिजिटल बैंकिङलाई थप सहज,सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो । निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दासमेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिएको छ ।