काठमाडौं । पाटन दरबार क्षेत्रमा लिच्छवी राजा मानदेवका इष्ट देवता मनमानेश्वरी देवी (पुरानो तलेजु) र थेच्वको नवदुर्गा भवानी देवीबीच बेलुका ढोगभेट गराइँने भएको छ । मनमानेश्वरी देवी दुर्गा भवानीको रूप हुन् ।
प्राचीनकालमा दुर्गा भवानीले मानवलाई दुस्ख दिने दानवको वध गरी विजय हासिल गरेको खुसियालीमा आजको दिन मनमानेश्वरी देवीलाई थेच्वको नवदुर्गा गणका भैरव, काली र बाराहीले नृत्यसहित फूलमाला चढाएर हर्ष बढाइँ दिई विजय उत्सव मनाएको किंवदन्ती छ ।