काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् । सोमबारको रात पोखरामा बिताएका उनि आज बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेका हुन । पोखरामा उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा—२२ पुम्दीभुम्दीस्थित महादेवको विशाल मूर्ति दर्शन गरेका थिए । उनी पोखराबाट लुम्बिनी प्रस्थान गर्दैछन् ।