काठमाडौं,असोज ७। साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १९.४२ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०१० अंकमा अडिएको छ ।कुल २ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कुल ६२ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने ३ को स्थिर रहृयो माइक्रोफाइनान्स बाहेकका सबै उपसमूह घटे । सो उपसमूह ३६ अंक बढ्यो । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।
जसमध्य बैंकिङ ५, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ९२, जलविद्युत् ३९, जीवन बीमा १६०, उत्पादन ६१, निर्जीवन बीमा १५६, अन्य १५ र ब्यापार उपसमूह ५४ अंक घटे । ३ कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
थ्रीस्टार हाइड्रोको मूल्य ९.७ प्रतिशत बढ्यो । शुभम् पावरको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक, सन नेपाल लाइफ, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहेका छन् ।