Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘स्मार्ट सिटी’ सम्भाव्यताको अध्ययन सम्पन्न


‘स्मार्ट सिटी’ सम्भाव्यताको अध्ययन सम्पन्न

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र महेन्द्रनगरमा उच्चस्तरीय प्राविधिक टोलीले ’स्मार्ट सिटी’ सम्भाव्यताको स्थलगत अध्ययन गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलबाट विज्ञ टोली खटाएर स्मार्ट सिटीको स्थलगत प्राविधिक रिपोर्ट निकालेको हो ।

विज्ञ टोलीले चार वटा स्तम्भ, ३१ वटा कम्पोनेन्ट र एक सय १७ वटा सूचकहरूको आधारमा स्मार्ट सिटीको सम्भाव्यता अध्ययन गरेको थियो । सुनसरी क्षेत्र नं.४ का सङ्घीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीले वराहक्षेत्रको साबिकका गाविस महेन्द्रनगर र प्रकाशपुरलाई नमुनाको रूपमा स्मार्ट सिटीको योजना अघि सारेका थिए ।

सांसद कार्कीकै पहलमा ७ महिनादेखि प्राविधिक सहितको अध्ययन टोलीले वराहक्षेत्र नगरको वडा नं. ६, ७, ८, ९ र १० क्षेत्रमा स्मार्ट सिटीको लागि प्रारम्भिक अध्ययन सुरु गरेको थियो ।

विज्ञ टोलीका पूर्व सिनियर डिभिजन इन्जिनियर रबिरत्न शाक्यको नेतृत्वमा राजुमान श्रेष्ठ, अनिल मिश्र, अर्जुन खत्री र वित्तीय प्लान विज्ञ जनकराज गौतमको टिमले स्मार्ट सिटीका लागी चाहिने आवश्यक पुर्वधारहरुको स्थलगत अध्ययन गरिएको थियो । टोलीले गरेको विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदनले वराहक्षेत्र नगरपालिका वडा नं ६, ७, ८, ९ र १० लाई स्मार्ट सिटी बनाउन सकिने प्रतिवेदन निकालेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
महेन्द्रनगर र प्रकाशपुरको भौतिक, आर्थिक र सामाजिक, वातावरणीय विकासको अध्ययनबाट स्मार्ट सिटी बनाउन सकिने इन्जिनियर अर्जुन खत्रीले बताउनुभयो । सम्भाव्यता अध्ययन अनुसार वातावरणीय प्रभाव, भौगोलिक अवस्था, जनसङ्ख्या, सामाजिक, आर्थिक, शैक्षिक चेतनाको आधारबाट समेत महेन्द्रनगर र प्रकाशपुर स्मार्ट सिटी बन्न योग्य रहेको उनको भनाई छ ।