काठमाडौं, श्रावण ३० । सेयर कारोबार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पायो । जसअनुसार मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २ हजार ४५.४४ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो १.५३ प्रतिशतले कम हो । सोमबार नेप्से ३.६ अंक घटेर २ हजार ७७ विन्दुमा बन्द भएको थियो ।
मंगलबार ६१ हजार ३ सय ४१ वटा कारोबारबाट २ सय ७८ वटा कम्पनीका ५६ लाख ३ हजार १ सय ७९ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट २ अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम भने अघिल्ला दुई दिनको तुलनामा बढी हो । गत सोमबार १ अर्ब ९ करोड रुपैयाँ र आइतबार ३ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
मंगलबार २० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रहयो । नेप्से परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ३१ खर्ब १० अर्ब रुपैयाँमा सिमित भएको छ । सोमबार यस्तो पुँजीकरण ३१ खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो ।