काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय समिति बैठकले प्रवक्ता र महामन्त्रीबाट पदमुक्त गरेपछि ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि.... केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको छ ।