Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ चार सयले घट्यो ,कतिमा हुँदैछ खरिद–बिक्री


सुनको भाउ चार सयले घट्यो ,कतिमा हुँदैछ खरिद–बिक्री

काठमाडौं, भदौ २४ । साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको रहेको छ। शुक्रबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।