काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । प्रतिफल वितरण प्रयोजनार्थ फणडले भदौ १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार म्युचुअल फण्डको उक्त लाभांश भदौ १८ सोमबारसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा