काठमाडौं । पछिल्ला दिन घटेको सुन र चाँदी दुवैको आज मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। बुधबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुन र चाँदी दुवैको आज मूल्य बढ्यो