Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको अन्तिम सूची तयार पारे


सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको अन्तिम सूची तयार पारे

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेर मन्त्रीहरुको अन्तिम सूची तयार पारेका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागि हुने निर्णय गरेको कांग्रेसले उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिएको छ । कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् ।

आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् । यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् । दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् । शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।

तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् । बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श छन् ।